यस्तो छन् संघीय संसदका महासचिवको काम कर्तव्य र अधिकार

काठमाडौँ- पद्म प्रसाद पाण्डेय संघीय संसद सचिवालायको महासचिवमा नियुक्त हुनु भएको छ । संघीय संसद सचिवालयको महासचिवले संघीय संसद सचिवालयको प्रशासकीय प्रमुखको रुपमा कार्य गर्नुपर्ने हुन्छ ।
संघीय संसदको सचिवालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने, साथै संघीय संसद र सचिवालयको वार्षिक बजेट, कार्यक्रम र योजना तयार गरी समिति समक्ष पेश गर्ने कार्य महासचिवको काम कर्तव्य भित्र रहेको छ ।
संघीय संसद र सचिवालयको लागि विनियोजित बजेट रकम खर्च एवं आर्थिक प्रशासन सम्बन्धी कार्य गराउनुका साथै सचिवालयको भौतिक निर्माण, सुधार सम्बन्धी कार्य गर्ने, गराउने देखि संघीय संसद र संघीय संसदकासमितिको काम कारबाही सुचारू रुपले सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने लागयका विषयहरु मुख्य सचिवको काम कार्तव्य भित्र पर्छ ।






प्रतिक्रिया राख्नुहोस्