रुकुम पूर्बका उपल्लो भागमा परेको हिमपातले हिउँदे तोरी बालीमा क्षति

रुकुम पूर्ब- हिमाली जिल्ला रुकुम पूर्बका उपल्लो भू-भागमा परेको हिमपातले हिउँदे तोरी बालीमा क्षति पुगेको छ । हिमपातले चिसो धेरै बढेर जनजीवन कष्टकर भएको बेला हिउँदे बाली नोक्सानी भएको हो ।

हिमपातसँगै दैनिक जिवनका कामकाज ठप्प हुँदा भन्दा बारीमा लगाएको बाली क्षति हुँदा दुःख लागेको पुथा उत्तरगंगा १२ का हिक्मत पर्तेलले दुखेसो पोख्नुभयो ।

यस वर्ष लामो समय खडेरी हुँदा ढिलो छरेको तोरी भर्खरै फूल फुल्दै गर्दा हिउँले क्षति पुर्‍याउँदा कृषकको मुहारमा आधी खुसी आधी बेखुसी छाएको छ ।

तल्लो भू-भागका बालीमा केही नभए पनि उपल्लो भू-भागमा छरेको अधिकांश हिउँदे बालीमा हिउँले क्षति पुर्‍याएको छ । असोज, कार्तिक महिनामासँगै बीउ छरेको तोरीमा क्षति भएपनि जौ र गहुँलाई भने राम्रो भएको पर्तेलले बताउनुभयो ।

हिमपातले उत्तर पूर्ब पुथा उत्तरगङ्गा, भुमे र सिस्ने गाउँपालिकाका उत्तरी भेगका पहाडी ठुम्का हिउँले सेताम्मै भएको छ । हिउँसँगै परेको वर्षातले सडक संजाल सबै अवरुद्ध भएको छ ।

अघिल्लो पटकको हिमपातले बालीनालीमा खासै क्षति पुगेको थिएन यसपटकको हिमपातले बालीनाली नोक्सान सँगै सवारीसाधन ठप्प भएर आवतजावत समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.