बजेट तर्जुमाको प्रारम्भीक काम सुरु

काठमाडौँ- सरकार बजेटको तयारीमा जुटेको छ । बजेट तर्जुमाको प्रारम्भीक काम सुरु गरिएको अर्थमन्त्रालयले जनाएको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैंठकले अर्थमन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकतत्वमा कमिटि गठन गरेसँगै बजेट तर्जुमाको प्रारभ्भीक कार्य सुरु भएको छ । उक्त कमिटीले फागुन पहिलो साताभित्र विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेछ ।

सरकारले फेरेको नयाँ क्यालेन्डर अनुसार अर्थ मन्त्रीले फागुन १५ भित्र विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्नु पर्दछ ।सरकारले माघ पहिलो साता आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश ल्याएर बजेटको क्यालेन्डर परिवर्तन गरेको थियो । सोही क्यालेन्डर अनुसार काम सुरु गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रधानमत्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसाधारण,जनप्रतिनिधी तथा संबन्धीत सम्पूर्ण सरोकारवाला निकायहरुसँग छलफल गरेर मात्रै बजेट निर्माण गरिने बताउँदै आउनुभएको छ ।

सरकारले सोही अनुसार बजेट निर्माणको तयारी थालेको हो । गत साता अर्थमन्त्री डा.प्रकाशरण महतले विषयगत मन्त्रालयहरुसँग छलफल गर्नुभएको थियो ।

छलफलमा सरकारले राजश्व संकलनमा गिरावट आएकाले निश्चित स्रोतका कारण प्रयाप्त बजेट उपलब्ध गराउने नसक्ने विषयमा छलफल गरेको थियो  ।

संचालन भइरहेका र महत्वपूर्ण आयोजनाहरुका लागि मात्रै बजेट माग गर्न  अर्थमन्त्री डा.महतले आग्रह गर्नुभएको थियो । क्रमागत दायित्व सृजना भएका कार्यक्रमरु र प्राथमिकताका कार्यक्रमहरु तथा केही नयाँ आयोजनाहरु बजेटमा समेटिनेछन् । कार्यान्यनमा नजाने खालका आयोजनाहरुले बजेट प्राप्त गर्न सक्ने छैनन् ।

राष्ट्रिय योजना आयोग अन्र्तगत रहेको राष्ट्रिय आयोजना बैंकले मापदण्ड पूरा गरेका आयोजनाहरुलाई स्वीकृत गरेपछि मात्रै त्यस्ता आयोजनाले बजेट प्राप्त गर्न सक्नेछन् ।

आयोगले बजेट निर्माणका विषयमा सबै विषयगत मन्त्रालयहरुसँग एक चरण छलफल गरिसकेको छ ।

त्यस्तै,आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको स्रोत समितिले पनि स्रोत सुनिश्चत गर्न छलफल गरिरहेको छ । आयोगले यहि माघ मसान्तसम्ममा बजेटको सिलिङ तोक्नेछ ।

आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार संसद्मा बजेट पेश हुनुभन्दा कम्तीमा १५ दिन अघि सिद्धान्त र प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.