यस्तो बन्दैछ नागढुंगा सुरुङमार्ग,फागुन २३ मा ‘ब्रेक थ्रु’ को तयारी (भिडियो)

सुरुङमार्ग खन्ने काम अब ३२ मिटरमात्र बाँकी

काठमाडौँ- नागढुंङ्गा सुरुङमार्गको ब्रेक थ्रू आगामी फागुन २३ मा गरिने तयारी छ । सुरुङमार्गको हालसम्म भौतिक प्रगति भने करीव ७२ प्रतिशत मात्र भएको सडक विभागले जनाएको छ ।

नागढुंङ्गा सुरुङमार्गको निर्माण सम्पन्न हुन् अझै एकबर्ष लाग्ने भएपनि ब्रेक थ्रू भने आगामी फागुन २३ मा गरिने  तयारी सडक विभागको छ।

आयोजनाको मुख्य सुरूङ ब्रेक थ्रू फागुनमै गर्ने तयारी भएता पनि सवारी आवतजावत गर्न भने थप एकवर्ष लाग्ने विभागले जनाएको छ ।

सडक विभागका अनुसार अनुसार अब सुरुङमार्ग खन्ने काम ३२ मिटरमात्र बाकी रहेका कारण एकबर्षमा निर्माण सम्पन्न गरेर संचालनमा आउने छ ।

२ दशमलव ६८८ किलो मिटर लम्बाई रहेको यो सुरुङमार्गको ३ दशमलव ५ मीटर चाडाईका २ लेन रहेका छन् । नागढुंङ्गा सुरुङमार्ग थानकोटको दहचोदेखि नुवाकोट हुदै धादिङको सिस्नेखोला सम्म पुग्ने छ ।

जापान सरकारको १६ अर्व ॠृण सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको यो सुरुङमार्ग आर्थिक बर्ष २०८०/८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर कोरोना महामारी, मुआब्जा विवाद लागयतका कारण एक बर्ष ढिलाई हुने विभागले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.