विश्वकै उत्कृष्ट नेपालको यो फोटो

काठमाडौं- झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्बिरले सोनी विश्व फोटोग्राफी अवार्ड-२०२४ जितेको छ ।

पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको यो तस्बिरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेका छन् ।

नेपाली फोटोग्राफर विवेक कुँवरले खिचेको बालिकाको तस्बिरले पनि सोनी विश्व फोटोग्राफी अवार्ड जितेको छ ।

नेपाली फोटोग्राफर विवेक कुँवरले खिचेको बालिकाको तस्बिर ।

विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड-२०२४ मा प्रकृति, कला,संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए ।

ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी संचारमाध्यम, सीएनएनले जनाएको छ । सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ ।

विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.