त्रिवि उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको हो ।

व्यक्तिगत विवरणसहित कार्ययोजना र सोंचपत्रको मूल्यांकन गरी अल्पसूची तयार पारिएको हो । खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएपछि ४३ जनाले आवेदन दिएका थिए ।

अल्पसूचीमा पर्नेहरुमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तिर्थराज खनियाँ र नारायणप्रसाद बेलवासे रहेका छन् । यस्तै प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन् ।

सोंचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुति माघ २९ देखि फागुन २ गतेसम्म हुने गरी समितिले समय निर्धारण गरेको छ । त्यसपछि अन्तर्वार्ता सञ्चालन गरेर ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिनेछ । ती मध्येबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.