भ्रष्टाचारी र ठगहरु भीआईपी हुँदैन,जो सुकै होस कारवाही हुनुपर्छ : थापा
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले भ्रष्टाचारी, ठगहरु भीआईपी नहुँने बताउनु भएको छ ।
काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारी र ठग भीआईपी नहुने भन्दै जो सुकै भएपनि कारवाही हुनुपर्ने बताउनु भयो ।
एउटा सरकारी कार्यालयका सामान्य कर्मचारी सुब्बाले राज्यको ढुकुटीमाथि दोहन गर्यो राज्यमाथि भार थोपार्यो भने उसलाई दण्ड हुन्छ । कांग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टाचारी, ठग, अराजक भीआईपी हुँदैन । सबै बराबरी हुन्छ । जतिसुकै शक्तिशाली होस् ।’ थपाले भन्नु भयो ।
भ्रष्टाचारको सन्दर्भमा कांग्रेसले दोषी जोसुकै भए पनि उम्कन हुन्न, निर्दोष पर्न हुन्न मन्त्र बनाउनु पर्छ ”कानून सबैका लागि बराबर हो । एउटा सर्वसाधारणले देशको सार्वजनिक सम्पत्ति, जग्गाजमिन लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारीमा ठग्यो भने पनि दण्ड हुन्छ।” थपाको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्