कहिले काहीँ भित्तालाई पनि भाषण सुनाउनुपर्ने हुन्छ ! देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण भन्दा पनि परिणाम जोड दिनुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउलाले भाषण सुन्ने मानिस खाली भइसक्दा पनि नेताहरुले भाषण गर्न नछाडेपछि भाषण भन्दा पनि काममा जोड दिनुपर्ने बताउनु भएको हो ।
‘‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद । तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’’आक्रोशित देखिनुभएका देउवाले भन्नु भयो ।
सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्