क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.