पार्टी रुपान्तरण अभियानको समीक्षा केन्द्रीय कमिटीमा गरिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा उक्त अभियानका बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको उहाले बताउनुभयो ।

बैठकमा जनवादको उत्तम अभ्यास भएको र सवै बिषयमा स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राखेको प्रवक्ता सापकोटाले उल्लेख गर्नुभयो । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरुको कुरा सुनेर विधानलाई अन्तिम रुप दिने बताउनुभयो ।

बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगाएतलाई त्यस अनुरुप लैजादै अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । माओवादीको माघ २८ र २९ गते केन्द्रीय कमिटी र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.