ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिनुभयो ।

घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि हिजो राती नै मृत्यु भएको उहाले जानकारी दिनुभयो । गम्भीर घाइते भई किष्ट अस्पतालमा उपचार गर्न लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३६ बर्षकी ती महिलाले हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उनीहरुलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो । घटना घटेको बेला घरमा अपाङग अवस्थामा रहेकी सासु मात्रै रहेको र महिलाको श्रीमान भने घर बाहिर रहेको प्रहरीले जनाएको छ ।

परिवारमा श्रीमान, श्रीमती, सासु र दुई जना छोराछोरी बस्दै आएका थिए । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.