सौराहामा प्रणय दिवस लक्षित १८औं फुड फेष्टिबल सुरु (तस्वीर सहित)

सौराहा- चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिवस लक्षित १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेको सो फेस्टिवलको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गर्नुभयो । फुड फेस्टिबल फागुन तीन गतेसम्म चल्ने रेवान सौराहाले जनाएको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिनुभयो ।

फेस्टिबलमा विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् ।

दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने उक्त फेस्टिबलमा करिब तीन करोड रुपैयाँको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिले जनाएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल उद्घाटन पूर्व विहान सौराहामा शोभायात्रा निकालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.