पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या बढ्दै

कास्की- पोखरा महानगरपालिकाले वडा ३२ लामेआहालमा बिसर्जन गर्दै आएको फोहोर व्यवस्थापन उचित ढङ्गले नगर्दा समस्या हुने देखिएको छ । महानगरपालिकाले स्थानियसँग गरेको सम्झौताअनुसार फोहोर व्यवस्थापन नभएपछि पोखरा ३२ को अस्थायी ल्यान्डफिल साइड नजिकका बासिन्दाले असन्तुष्टि ब्यक्त गर्न थालेका छन् ।

एकबर्ष पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरणमा समस्या हुने देखिएको भन्दै पोखरा-१४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साईड बन्दगरी अस्थायी रुपमा पोखरा महानगरपालिका-३२, लामेआहाल नजिक सेतीनदी किनारमा फोहोर फाल्न थालिएको थियो ।

पोखरा बजार क्षेत्रबाट दैनिक संकलन हुने करिब दुई सय टन फोहोर अर्को बिकल्प नहुँदा सम्मका लागी स्थानियसँग छलफल गरी सेती नदीलगाएत कुनैपनि क्षेत्रमा दुर्गन्ध नफैलिने र स्थानियको स्वास्थमा कुनैपनि असर नपर्ने गरी सो ठाउँमा फाल्ने गरी सम्झौता भएको थियो । तर पछिल्लो समय सम्झौता अनुसार नगरपालिका गम्भीर नभएको स्थानियको गुनासो छ ।

लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले गत बर्षदेखि फोहोरमैला व्यवस्थापन गर्नुअघि सेती नदीको किनारबाट व्यवस्थित पर्खाल निर्माण गरी फोहोरबाट उत्पादन हुने कुनैपनि बस्तु नदीमा मिसिन नदिने सम्झौता गरेको थियो ।

तर व्यवस्थित पर्खाल निर्माण नहुँदा यत्तिकै थुपारेको फोर लाई बर्षाका बेला आउने पानीले बगाउने र नदीमा मिसिने हुँदा वरिपरिको बस्तीसहित सेती नदी दुर्गन्धित हुने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.