लाङ्बु एकीकृत बस्ति सुनसान, सरकारी रकम खेर गयो

रसुवा- राष्ट्रिय पुननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन रसुवाले निर्माण गरेको एकीकृत बस्ति अहिले सुनसान अवस्थामा छ ।

भवनले रसुवाको नौकुण्ड गाँउपालिका- १ लाङ्बुमा २७ घर परिवारलाई निर्माण गरेको एकीकृत बस्तिमा बिस्थापित परिवार बस्न नमान्दा अहिले एकीकृत बस्ती सुनसान भएको हो ।

२०७२ सालको भुकम्पले बिस्थापित बनाएको सोहि वडाको साङ्गेल गाउँका २७ घर परिवारलाई निर्माण गरेको लाङ्बुको एकीकृत बस्तिमा कमाउने जग्गाबाट घर टाढा भएको भन्दै बिस्थापित परिवार बस्न नमानेपछि सुरक्षित मानिएको एकीकृत बस्ति सुनसान बनेको हो ।

राष्ट्रिय पुननिर्माण केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले सुरक्षित स्थान छनोट गरी आवास निर्माण गरिएको भन्दा साबिकको थातथलो पुग्न करिब तीन घन्टा पैदल जानुपर्ने भएपछि बिस्थापित परिवार खेतीपाती गर्न टाढा भएकाले बस्न नमानेको स्थानीय बताउँछन ।

बस्तिमा सडकको पहुँचसहित खानेपानी, बिद्युत तथा घेराबारसहित निर्माण सम्पन्न गरी सबै घरहरु बिस्थापित परिवारलाई हस्तान्तरण गरिए पनि अहिले लाङ्बु एकीकृत बस्ती सुनसान रहेको छ ।

लाङ्बु एकीकृत बस्ति निर्माण गर्न राष्ट्रिय पुननिर्माण केन्द्रिय आयोजना कार्यन्वयन ईकाइ जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले एक करोड १२ लाख रुपैयाँको लागतमा दुई कोठा भएको २७ वटा भवन निर्माण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.