तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार

पाल्पा- पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनालाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ ।
गाउँकार्यपालिकाको बैठकले मृत्यु हुने तिनाउ गाउँपालिका भित्रका पाँच जनाको परिवारलाई ३५ हजार रुपैंयाको दरले राहत दिने निर्णय गरेको हो ।
त्यस्तै यो दुखद घडीमा तिनाउ गाउँपालिकाले पालिकाभरका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा आज एक दिन बिदा दिने निर्णय गरेको गाउँ पालिकाले जनाएको छ ।
उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ । कच्ची उकालो सडकमा क्षमता भन्दा दोब्बर यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्