नेपालगन्जदेखि डाेल्पासम्म सिधा बस सेवा सुरु

डाेल्पा – हिमाली जिल्ला डाेल्पासम्म नेपालगन्जबाट सिधा बस सेवा सुरु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधि लगायत सराेकारवालाकाे उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायले उद्घाटन गर्नुभयो ।

अघिल्लो बर्ष पनि दुनैसम्म सिधै बस सेवा सचालन गरिएता पनि निरन्तरता पाएकाे थिएन । फाेक्सुन्डाे यातायात प्रालिका अध्यक्ष विशाल राेकायले डाेल्पाबाट सिधै नेपालगन्ज तथा सुर्खेतसम्म बसमा यात्रा गर्न सहज हुने बताउनुभयाे ।
तल्नुबगर स्थित भेरी नदिमा एक महिना पहिले ह्युम पाइप राखेपछि ठुला बस भित्रिएका हुन् । साेहि ठाउँमा निर्माणाधिन बेलिब्रिज पुल निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ ।
डाेल्पा गाडी पुगेपछि अब दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै नेपालगन्ज,सुर्खेत लगायतका शहर बजार पुग्नुपर्ने बाध्यता हटेकाे छ । डाेल्पाबाट साना गाडीमा एकै दिनमा र ठुला बसमा १८ घन्टामा नेपालगन्ज पुग्न सकिने यातायात समितिले जनाएका छन् ।

डाेल्पा देखि नेपालगसम्मकाे बसकाे तीन हजार आठसय र साना जीपकाे चार हजार आठसय गाडी भाडा ताेकिएकाे छ ।
भेरी करिडाेर अन्तर्गत पर्ने जाजरकोट-डाेल्पा सडकमा एक दर्जन धेरै माेटरेवल पुल निर्माण गर्न बाँकी छ ।
पक्की पुल नभएकै कारण आज सुरु भएकाे सिधा बस सेवा बर्खामा खाेलानाला बडेपछि अवरुद्घ हुने गर्दछ ।
अब देखि यात्रुलाई सहज हुनुकासाथै स्थानीय उत्पादनले समेत बजार पाउने बताइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्