पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोको दलको सयुक्त सरकार बन्ने
काठमाडौँ- पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोका दलले नयाँ सरकार बनाउने विषयमा सहमति गरेका छन्।
गत साता सम्पन्न निर्वाचनपछि भुट्टोको दल पीपीपीले शरिफको दल पीएमएल-एनलाई सरकार निर्माण गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन यी दुई दलले गठबन्धन गरेका थिए।
यस पटक खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) दलसँग आबद्ध स्वतन्त्र उम्मेदवारहरूले अनपेक्षित रूपमा अधिकांश सीट जितेका थिए।पत्रकार सम्मेलनमा बोल्ने क्रममा पीपीपीका नेता असिफ अली जर्दारीले आफ्नो दलले पीएमएल-एनसँग प्रतिस्पर्धा गरेको भए पनि दुवै दल राष्ट्रिय हितका लागि एकैठाउँ आइपुगेको बताउनु भयो ।
पीएमएल-एनले एक विज्ञप्तिमार्फत् दुई दल राजनीतिक स्थिरताको लागि सहकार्य गर्न सहमत भएको बताएको छ ।
प्रत्यक्ष निर्वाचन भएका २६६ क्षेत्रमध्ये ९३ वटामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए।
शरिफको पीएमएल-एनले ७५ सीट जितेको छ भने भुट्टको पीपीपीले तेस्रो हुँदै ५४ सीट जितेको छ।।
प्रतिक्रिया राख्नुहोस्