नयाँ हौं भन्नेसँग कुनै गन्तव्य छैन, झिल्के मिल्के कुरा गरेर दिगो राजनीति हुँदैन: ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई नयाँ राजनीतिक दल हौं भन्नेसँग कुनै गन्तव्य नभएको बताउनु भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले नयाँ नयाँ भन्ने दल र नेता निस्किएका र उनीहरूको कुनै गन्तव्य तथा राजनीतिक लक्ष र उद्देश्य नभएको टिप्पणी गर्नु भएको हो ।

नयाँ भन्नेहरुले गत साल नै पार्टी खोलेकाहरू पनि उनिहरु अब पुराना हुँदै गएको ओलीले बताउनुभयो । सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरूले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएका ओलीको भनाई छ ।

झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न नसकिने बताउँदै ओलीले राजनीतिको लागि दिगो सोच र लक्ष हुने पर्ने धारणा राख्नु भयो । चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीतिले देश र जनताको लागि हितकर नहुने भन्दै  ओलीले अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.