ललिता निवास जग्गा हिनामिना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, विहिबार फैसला

काठमाडौँ-  आज फैसला सुनाउने भनिएको बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दा हेर्दा हेर्दामा राखिएको छ ।

विशेष अदालतले आज नै फैसला सुनाउने तयारी गरेपनि काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

मुद्दाका सम्बन्धमा भोलि फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

मुद्दामाथि पक्ष विपक्षका वोकिलबाट लगातारको बहस सकिएसँगै अब मुद्दाको फैसला हुन लागेको हो । मुद्दाको पेशी भोलिका लागि तोकिएको छ ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई सरकारी जग्गा हिनामिना गरेकोमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.