अमेरिकाको केनसासमा बन्दुक आक्रमणः एक जनाको मृत्यु, १५ गम्भीर घाइते

काठमाडौं- अमेरिकाको केनसास शहरको युनियन स्टेसनमा भएको बन्दुक आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सुपर बाउल प्रतियोगितामा केन्सास शहरका प्रमुखहरुको विजय उत्सव मनाउन आयोजित परेडपछि सो गोलीकाण्ड भएको बताइएको छ ।

गोलीकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई संदिग्घलाई पक्राउ गरेको छ । यस विषयमा थप विवरण भने दिइएको छैन । केनसासको गोलीकाण्ड आतंकवादसँग सम्बन्धित नभएको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोलीकाण्डबाट २२ जना प्रभावित भएका छन् ।

एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने ८ जना घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेको र तत्कालै ज्यानै जानसक्ने अवस्था रहेको छ ।

त्यस्तै अन्य ७ जनाको पनि अवस्था गम्भीर रहेको बताइएको छ । अन्यलाई भने सामान्य चोट लागेको छ । घाइते मध्ये ११ जना बालबालिका समेत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.