त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड नेपाली रुपेयाँ मूल्य बराबरको विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिकलाई हिजो साँझ पक्राउ गरेको छ ।
फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी येसीन अहमद र मोहम्मद अदनान लखानीलाई सो रकमसहित नियन्त्रणमा लिईएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक कृष्ण हरि शर्माले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ)सहित पक्राउ गरिएको हो । उनीहरूलाई आजै राजस्व अनुसन्धान विभागलाई बुझाईने वरिष्ठ प्रहरी उपरिक्षक बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्