रसुवा भन्सारबाट राजश्व असुलीमा उल्लेख्य सुधार

रसुवा- रसुवा भन्सार कार्यालयले गत अर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको माघ मसान्त सम्ममा राजश्व असुलीमा उल्लेख्य सुधार भएको जनाएको छ ।

आर्थिक बर्ष ०७९।०८० को तुलनामा यस आर्थिक बर्षको माघ मसान्तसम्ममा चिनीयाँ समाग्रीको आयात एक सय उनानअसि प्रतिशतले वृद्धि हुँदा भन्सार राजश्व भने दुई सय ९५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकका अनुसार आर्थिक बर्ष ०७९।०८० को माघ मसान्तसम्ममा १७ अर्ब ५४ करोड रुपैयाँको आयात हुँदा तीन अर्ब ९८ करोड राजश्व संकलन भएको थियो भने यस आर्थिक बर्षको सोही अवधिसम्म ३१ अर्ब ४८ करोड रुपैयाँको समान आयात हुँदा ११ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको उहाँले बताउनु भयो ।

गत आर्थिक बर्षको माघ मसान्तसम्मको आयातसँगै राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै तीन गुणाले बढेको देखिन्छ । चीनबाट नेपाल आयात हुने समाग्रीहरुमा साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.