सालक संरक्षणमा जनचेतनाको खाँचो

धादिङ- विश्वमा नै दुर्लभ बन्य जन्तुको सुचिमा रहेको सालक संरक्षणका लागि आज अन्तर्राष्ट्रिय सालक दिवस  विभिन्न कार्यक्रमको आयोजना गरी मानाइएको छ ।
डिभिजन वन कार्यालय धादिङको आयोजनामा ‘सालक संरक्षणमा एकता’ भन्ने नाराका साथ धादिङमा पहिलो पटक विश्व सालक दिवस मनाइएको हो ।
दुर्लभ स्तनधारी प्राणी मध्य एक भएको र वताबरणीय हिसावमा सालक किसानका लागि निकै महत्वपुर्ण वन्य जन्तु भित्र पर्ने कारणले गर्दा पनि यसको संरक्षणमा सबै लाग्नुपर्ने डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
संसारमै दुर्लभ मानिएका नौ प्रजातिका सालकमध्ये नेपालका  विभिन्न वन क्षेत्रहरुमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाईन्छ ।
ति मध्य बाग्मती प्रदेश भित्रका १३ वटै जिल्लाहरुमा यी दुबै प्रकारका साल पाइन्छन ।
यसैगरी धादिङको वन क्षेत्रहरुमा   विश्वमा नै संकटापन्न सुचिमा रहेको कालो सालक उल्लेख्य रहेको छ ।
पछिल्लो समय यसको बढ्दो चोरी शिकारीका कारण यो संकटमा परेको हो ।
यसका साथै मानवीय अतिक्रमणका कारण वन जंगल मासिँदै जाँदा सालकको बासस्थान विग्रनु र यासको प्राकृतिक आहाराको कमीका कारण पनि यो लोपोन्मुख अवस्थामा पुगेको हो ।
यसको संरक्षणका लागस सबै भन्दा पहिले समुदायमा सालकको महत्वबारे वुझाउनु पर्ने भन्दै विद्यालयका बालवालिका,सामुदायिक वन समुहका मानिसहरुको उपस्थितिमा आज सालक दिवस मनाइएको हो ।
कार्यक्रममा सालक सम्वन्धि विभिन्न जनचेतनामुलक गित, कविता र नृत्य समेत प्रस्तुत गरिएको थियो ।
बागमती प्रदेशका १३ जिल्लामा पाइने सालकलाई बागमती  प्रदेश भित्रको गौरवको जनावर घोषण गर्नुपर्ने माग समेत सरोकारवाला पक्षले गरेका छन् ।
सालकको खपेटा सम्वन्धि भ्रमका प्रचार प्रसारका कारण यसको चोरी सिकारी बढेको विज्ञहरुको भनाइ छ ।।  

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.