ठोरी नाका खुलाउन पहल सुरु

चितवन- भरतपुर भ्रमण वर्ष नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले ठोरी नाका खुलाउन पहल सुरु गरेको छ । वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप-२०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले नाका खुलाउन महानगरले पत्राचार गरेको र छिट्टै ठोरी नाका खुला हुने बताउनुभयो ।

उहाँले भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने योजना रहेको जानकारी दिनुभयो । माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गर्ने भन्दै प्रमुख दाहालले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको बताउनुभयो । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उहाँको प्रतिबद्धता थियो ।

प्रमुख दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाका कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिनुभयो । निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन–ईआईए र डीपीआरका लागि आवश्यक कागजात वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको उनले बताउनुभयो । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि काम अगाडि बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.