बैठकको तयारी पुरा,महामन्त्रीद्वयको प्रतिवेदनले अन्तिम रुप लिनै बाँकी

हिन्दु राष्ट्रको एजेण्डाले बैठकमा औपचारीक प्रवेश नपाउँने

काठमाडौँ-  नेपाली कांग्रेस महासमिति बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । पार्टी प्रचार प्रसार विभागले ललितपुरको गोदावरीमा पत्रकार सम्मेलनमा गरेर सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । महासमिति बैठकको भोली दिउँसो १ बजे पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।

‘‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’’ भन्ने मुल नाराका साथ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सूरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा प्रस्तुत हुने विषय यसले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

महासमिति बैठकमा पेश हुने महामन्त्रीद्वय गगन थापाको संगठानिक प्रतिवेदन र विश्व प्रकाश शर्माले तयार पारेको समसामयीक राजनीतिक प्रतिवेदन अझै अन्तिमरुप पाउन नसकेको नेताहरुले बताएका छन् ।

प्रतिवेदनका सम्बन्भमा दुवैजना महामन्त्रीले आज बिहान सभापति शेर बहादुर देउवालाई भेटेर  जानकारी गराउनु भएको थियो ।

सभापति  देउवाले प्रतिवेदनमा परेका केही शब्दप्रति असन्तुष्टि जनाउँदै संशोधन गर्नु निर्देशन दिनु भएको बताइएको छ । विशेषगरी गठबबन्धन,आगामी महाअधिवेशन सम्बन्धमा प्रतिवेदनमा उल्लेख भएका ब्यवस्थामा सभापति देउवाले चासो राखेको नीति अधिवेश बताइएको छ ।

यसै बीच पार्टीको प्रचार–प्रसार विभाग प्रमुख मिन विश्वकर्माले कार्यक्रम स्थल ललितपुरको गोदावरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदैं महासमिति बैठकमा झन्डै दुइ करोड खर्च हुने अनुमान रहेको बताउँनुभयो ।

करिब डेढ करोड खर्च हुने अनुमान रहेपनि बढ्दै गए दुई करोडसम्म लाग्ने अनुमान छ रहेकोले ‘६० प्रतिशत सहभागीबाट, २० प्रतिशत लेवी र बाँकी पार्टीले म्यानेज गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

पार्टीको आवश्यक नीति तर्जुमा गर्ने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । त्यस्तै, प्रवक्ता डा. प्रकाशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसमा महासमिति बैठकबाटै कांग्रेसलाई हिन्दुराष्ट्रको एजेण्डामा फर्काउनुपर्ने बहस केहि नेता कार्यकर्ताहरुबीच चर्चाहरु चलेपनि औपचारिक रुपमा यो एजेण्डाले बैठकमा प्रवेश नपाउने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

महामसमितिको बैठकमा हरेक निर्वाचन क्षेत्रबाट एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष सहित २ हजारभन्दा बढी प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुनेछन् ।

महासमिति बैठकमा सहभागीहरुका लागि काभ्रेपलाञ्चो, नुवाकोट, धादिङ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर गरी छ जिल्लाका विभिन्न मुख्य नाकाहरुमा स्वागतद्धार निर्माण गरिएको छ । त्यसको अलवा बल्खु, कोटेश्वर रत्नपार्क, सुर्यविनाएक, माइतीघर मण्डला पुल्चोक लगाएतका स्थानबाट कार्यक्रम स्थल गोदावरीको सनराइज हलसम्म सडकको वरिपरि पार्टीको झण्डा, चुनाव चिन्ह र आकासे पुलमा स्वागत व्यानर टाँगिएको छ । बैठक स्थल देखि महासमिति सदस्यको बासस्थान सम्म आउजाउका लागि २० वटा बसको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.