वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकामा घटेको घटनालाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू  आदेश जारी गरेको हो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको आदेशमा उल्लेख छ  ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.