काठमाडौँ नागार्जुनमा श्रीमती, छोरी र नातिनीको हत्यापछि एक जना पुरुषले गरे आत्महत्या

काठमाडौँ- काठमाडौँको नागर्जुन नगरपालिका-६ स्थित भैरवटोलमा एक जना पुरुषले ३ जनाको हत्या गरी आफैँले आत्माहत्या गरेका छन।

सोलुखुम्बुको दूधकुण्ड-१० स्थायी घर भई हाल नागर्जुन सितापाइला बस्ने काजी विश्वकर्मा भन्ने राजु घिमिरेले आफ्नै श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन ।

उनीहरुको डेरामा हत्या गरेपछि उनले नागार्जुन-५ स्थित हरिशिद्धिको जंगलमा रुखमा झुण्डिएर आम्माहत्या गरेको स्वयम्भू प्रहरी कार्यालयकी प्रमुख डिएसपी पूर्णिमा चन्दले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

आफू बस्ने घरमा श्रीमती करिब ३८/३९ बर्षीया ईश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ, ८ बर्षीया छोरी अनिषा श्रेष्ठ र करिव ३ बर्षीया नातिनी शिवना श्रेष्ठको हत्या भएको डिएसपी चन्दले बताउनुभयो ।

डिएसपी चन्दका अनुसार आज विहान करिव ७ बजेतिर आफ्नो १५ बर्षीय छोरालाई सितापाइला चोकमा छाडेर फर्केपछि अरु परिवारका सदस्यहरुको हत्या गरेको देखिएको छ ।

उनीहरु तीन जनाको हत्या गरेपछि विश्वकर्माले आफ्नी सासुलाई फोन गरी छोरीको हत्या गरेको र अब आफू पनि आत्माहत्या गर्न लागेको जानकारी दिएका थिए ।

त्यसको केही बेरमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले फोनमा आफू स्वयम्भूको जंगलमा आत्महत्या गर्न जान लागेको जानकारी गराएका थिए तर उनी भने हरिसिद्धिको जंगलमा मृत अवस्थामा फेला पेरका हुन ।

स्वयम्भू जाने खवर पाएलगत्तै ससुराली परिवारले प्रहरीलाई खवर गरेको र तत्काल खोजी कार्य गरिएको डिएसपी चन्दले जानकारी दिनुभयो । तर उनी तत्कालै झुण्डिएको अवस्थामा फेला परेका थिए ।

अहिले सामूहिक हत्या गरिएको ठाउँमा जाँझबुझ र मुचुल्का उठाउने कार्य भइरहेको छ भने आत्महत्या गरेका विश्वकर्माको शवलाई पनि पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको पनि डिएसपी चन्दले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.