प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेटवार्ता गर्नुभएको छ ।
काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने बारेमा र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको बारेका छलफल भएको थियो ।
लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।
यसैगरी, सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अबस्थाको बारेमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री चौधरीले जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधन गर्ने विषयमा छलफल भएको र यही फागुन १९ गते लुम्बिनीको सदनलाई विशेष सम्बोधन गर्ने जानकारी मुख्यमन्त्री चौधरीले दिनुभयो।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही फागुन १८ गतेदेखि सुरु हुँदै छ ।।
प्रतिक्रिया राख्नुहोस्