डाेल्पाकाे जगदुल्ला गाउँपालिका वित्त आयाेगकाे मुल्यांकनमा सधैँ पहिला !
डोल्पा – प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेकाे कार्यसम्पादन मुल्यांकनमा जगदुल्ला गाउँपालिका जिल्लामै पहिलाे बनेकाे छ ।
आयाेगले निर्धारण गरेकाे १७ सुचकमा उत्कृष्ट अंक ल्याएर जिल्लाका आठ स्थानीय तह मध्ये पहिलाे भएको हाे । अघिल्ला आर्थिक बर्षहरुमा पनि गाउँपालिका सधै प्रथम हुने गरेकाे हाे ।
आर्थिक वर्ष २०८९/०८० मा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा अनुसार पहिलाे भएकाे गाउँपालिकाले जनाएको छ । आयाेगकाे मूल्यांकन अनुसार जगदुल्ला गाउँपालिकाले ४४ दशमलव ३६ अंक ल्याएकाे छ ।
अघिल्लो आर्थिक वर्षमा जगदुल्ला गाउँपालिका कर्णालीकै उत्कृष्ट भएकाे थियाे ।
जिम्मेवार अनि पारदर्शी स्थानीय सरकार बनाउन सधै लागि परिरहेकाले पनि वित्त आयाेगकाे मुल्यांकनमा सधै उत्कृष्टहुने गरेकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताउनुभयाे ।
गाउँपालिकाका अध्यक्ष नारासिँह राेकायले जगदुल्लाका जनतालाइ प्रत्यक्ष रुपमा अनुभुति हुने गरि स्थानीय सरकारले काम गरिरहेकाे बताउनुभयाे ।
त्यसैगरि शे–फोक्सुण्डो गाउँपालिकाले ४२.०६ अंक ल्याएर दाेस्राे र मुड्केचुला गाउँपालिकाले ३६ दशमलव ४९ अंक ल्याएर तेस्रो भएको छ । छार्काताङसाङले ३५.९३,डोल्पाबुद्धले ३४.८२, ठुलोभेरी नगरपालिकाले ३३.८१ ,काइके गाउँपालिकाले ३१.०६ र सबैभन्दा कम त्रिपूरासुन्दरी नगरपालिकाले २६.०६ अंक प्राप्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्