समूहबाट आएका सुझावहरु प्रस्तुत गर्दै प्रदेश सभापतिहरु

ललितपुर- नेपाली काँग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरुलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ।

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको चौथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो ।

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरी महासमिति सदस्यहरुले चार समूहमा रहेर समूहगत छलफल गरेका हुन्।

महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

महासमिति बैठकको समापन पनि आज नै गरिने नेपाली कांग्रेसका महासमिति बैठकका प्रचार प्रसार संयोजक मीन  विश्वकर्माले जानकारी दिनुभएको छ ।‍।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.