बेनीमा पुर्णरुपमा हुक्काकाे बिक्री, वितरण र सेवनमा निषेध

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध गरिने भएको छ ।

जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पुर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने यूवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्री वितरण निषेधसँगै अटेर गरेमा जरिवाना सहितको प्रक्रियामा अगाडी बढेको नगरप्रमुख केसीको भनाई छ । ‘अनुगमन र नियमनमा पनि कडाई गरिने छ,सार्वजनिक सूचना समेत जारी हुदैछ’ नगर प्रमुख केसीले भन्नुभयो । उहाँले हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरी सहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहित सहितको सचेतनामुलक कार्यक्रमहरु गरिने बताउनुभयो ।
बेनी बजार क्षेत्रमा संचालनमा रहेका होटल तथा रेष्टुरेन्टको तथ्याङ्कलाई आधार मान्ने हो भने बेनीमा दैनिक ५ सय जनाले हुक्का तान्ने गरेको पाहिएको छ हुक्काको सेवन दैनिक पाँचसयले गर्ने गरेको व्यापारीहरूकै तथ्यांकले बताउँछ । बेनीका हुक्का बढी बेच्ने होटल तथा रेष्टुरेष्ट र हुक्काको पोड बेच्ने पसलहरूको तथ्याङकले यस्तो देखाएको हो ।
म्याग्दीको पछिल्लो जनगणनाअनुसार १ लाख ७ हजार भन्दा बढी मानिसहरूको बसोबास रहेको छ । एउटा हुक्का ४–५ जनाले पालैपालो खान मिल्छ, तर सरदरमा हेर्ने हो भने होटल तथा रेष्टुरेन्टमा दैनिक रुपमा एक सय ५० पोड विक्री हुने गरेको देखिन्छ । यसले १६ सय पोर्ड हुक्कामध्ये एउटामा ४ जनाले खाने हो भने पनि दिनको ५ सय युवा युवतीले सेवन गर्ने गरेको देखिन्छ । कसैको जन्मदिनको अवसरमा हुने पार्टीहरूमा हुक्का बढी बिक्री हुने गरेको छ ।
एक होटल व्यवसायीका अनुसार बेनीमा पछिल्लो समय १५ देखि २५ बर्ष उमेर समुहका युवायुवतीले बढी हुक्का माग गर्ने गरेका छन् । उहाँका अनुसार मान्यतया १८ वर्ष नपुगेका र विद्यार्थीहरू आएमा हुक्का बिक्री नगर्ने गरेको भएपनि कही न कही पुगेर उनीहरुले हुक्का तान्ने गरेका छन् ।
चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरू हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् । जसले गर्दा किशोर–किशोरीहरू पनि त्यसबाट प्रभावित भएको र हुक्काको कुलतमा लागेको देखिन्छ ।
त्यसको प्रयोग गरेर हुने असरबारे बुझ्दै नबुझी साथीसंगतमा युवायुवतीहरू हुक्काको लतमा झुमिरहेका छन् । त्यस्ता युवायुवतीहरूलाई होटल, रेस्टुरेण्टमा गएर हुक्का तानेर धुवाँ उडाउँदै आनन्द मानिरहेका हुन्छन्। बेनीका अधिकांश होटलहरूका मेनुमा होस् या बाहिर अलि देखिने ठाउँमा भेटिन्छ ‘हुक्का एभाइलेबल’ (यहाँ हुक्का पाइन्छ) भनेर लेखेका पाइन्छ।
रेस्टुरेन्टहरूमा विभिन्न रङ र साइजका हुक्का सजाएर राखिएका छन्। कति रेष्टुरेन्टको हुक्काको कारण चलिहरेका छन्। हुक्काका पारखीहरूले हुक्का माग्न परे सिधै हुक्का भनेर माग्दैनन्। उनीहरूले हुक्काको पनि अनेक नाम राखेका छन् । युवा युवतीहरूले हुक्कालाई शिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजा नाम दिएका छन्। हुक्काका पारखी युवायुवतीहरूको बोलीले नै उनीहरू हुक्काका सेवनकर्ता हुन भन्ने ठम्याउन त्यति गाह्रो हुँदैन।
तपाईंका बाआमाले हुक्का लगायतका लत लाग्ने बस्तु किनेर पक्कै दिनुहुँदैन होला। तर, बेनीमा त्यस्तो छैन। छोराछोरी बाहिर रेस्टुरेण्टमा गएर हुक्का तानेको देखे समाजले नराम्रो मान्ने डरले घरमै किनेर ल्याइदिने गरेको पाइन्छ ।
हुक्कामा राखिएको फ्लेबर सूर्तीलाई चारकोलको कोइला प्रयोग गरी सल्काइने गरिन्छ। चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ । यो मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको चिकित्सकहरू बताउँछन । एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा २ सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ । हुक्कामा राखिएको फ्लेबर सूर्तीको चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ । यो मानव स्वास्थ्यको लागि विष सेवन गरेजस्तै हुन्छ । एक खिल्ली चुरोट पिउन ५ देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टा भन्दा बढी समय लाग्छ। यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने बेनी अस्पतालका मेडिकm अधिकृत गोविन्द पोख्रलले बताउनुभयो । हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी हुन्छ । यसैबीच सदरमुकाम बेनीसँगै जोडिएको म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र पर्वतको जलजला गाउँपालिका सेवनकर्ताको सेन्टर बन्न सक्ने भन्दै त्यहाँका जनप्रतिनिधिले समेत हुक्का नियन्त्रणका लागि चासो देखाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.