मालवाहक ट्रक घरमाथि पल्टिँदा एकै परिवारका दुई सहित तीन जनाको मृत्यु

काठमाडौँ- मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा चार वर्षे बालबालिका सहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनमा घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌‌डिरहेका एकजनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बुढीगगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त स्थानीय सन्जु खवासको ८ वर्षे छोरी रिहा खवास रहेका छन् ।

औद्योगिक कच्चा पदार्थ बोकेको आर जे २९ जीबी १५६१ नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ निमुवामा घरमाथि पल्टिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.