फोनिजद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महसंघको संस्थापक अध्यक्षकाको विवादको निरुपण गर्न नेपाल पत्रकार महासंघ तयार नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

पत्रकार महासंघ जस्तो संस्थाले महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भन्ने  तथ्यलाई स्वीकार गर्न र गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न तयार नदेखिएपछि आन्दोलनको कार्यक्रमको घोषणा गर्नु परेको फोनिजका अध्यक्ष गजुरधन राईले बताउनु भयो ।

”नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । यस विषयमा महासङ्घलाई विभिन्न चरणमा अनुरोध र आह्वान गरिएको छ । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन ।”फोनिजका महासचिव मिलन लिम्बुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको भन्दै श्रेष्ठलाई नै नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष तत्काल कायम गर्न माग गर्दै संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरुमा  श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर भन्ने मागसहित स्मरणपत्र बुझाउने, महासंघका पदाधिकारीहरुलाई दवाव एसएमएस पठाउँने र स्मरण पत्र बुझाएको सात दिन भित्र माग सम्बोधन नभए महासंघका केन्द्रीय कार्यालय र शाखाहरुमा समेत अनिश्चितकालिन तालाबन्दी गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.