बैकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक समितिमा पठाइयो 

काठमाडौँ प्रतिनिधि सभाको आज बसेको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० छलफलका लागि समितिमा पठाइएको छ ।

दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठकले बैकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनि अर्थमन्त्री डा. प्रकाश शरण महतले राखेको  प्रस्ताव स्वीकृत गरेको हो ।

उक्त विधेयकमा माथि अब अर्थसमितिमा दफाबार छलफल हुने छ ।

यसअघि बसेको पहिलो बैठकमा संसद बैठकमा कोरमको विषयलाई लिएर प्रतिपक्षी र सत्तापक्षका सांसदहरु बीचको वादविवाद बढदै गएपछि बैठक केही बेर स्थगित हुन पुगेको थियो ।

पछि दलहरुले संसद्‌मा बोल्दा प्रतिपक्ष सत्तापक्ष दुवै संयमित भएर बोल्ने प्रतिबद्धता जनाएसँगै बैठक पुन: सुचारु भएको थियो । दोस्रो बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‌को बैठकलाई स्वस्थ,मर्यादित र प्रभावकारी बनाउन आग्रह गर्नु भयो ।

संसद् प्रभावकारी नहुँदा सरकार पनि निष्प्रभावी हुने भन्दै बैठकमा बोल्दा सत्ता र प्रतिपक्षका सांसद जिम्मेवार र संयमित हुनुपर्नेमा लेखकले  जोड दिनु भयो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षका सांसदको व्यवहारका कारण बैठक अवरुद्ध हुन पुगेको बताउनु भयो ।​

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.