भिमदत्त नगरको सिटी हल प्रयोग विहीन

कञ्चपुर-कञ्चपुरमा ८ करोडमा निर्माण गरिएको सभागृह प्रयोगमा आउदा नसक्दा जिर्ण बन्दै गएको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले निर्माण सुरु गरेको सिटिहल अहिले भीमदत्त नगरपालिकाको मातहतमा छ । तर सिटिहल संचालनका लागि नगरपालिकाले कार्यविधि बनाउदा नसक्दा करोडौको लगानीमा बनेको संरचना अहिले प्रयोग बिहिन अवस्थामा छ ।

२०६५ मा दुई वर्षभित्र काम सक्ने गरी तत्कालीन महेन्द्रनगर नगर विकास समितिले निर्माण सुरु गरेको सभागृह हाल भीमदत्त नगरपालिकाको स्वामित्वमा छ । शुरुमा ६ करोड ८१ लाखमा सुरु गरिएको सभागृहको पछि इस्टमेट र डिजाइन परिवर्तन गरि आठ करोड ५१ लाख पुर्याइयो ।

निर्माण सम्पन्न भएको ६ बर्ष बित्दा पनि प्रयोगमा नआउदा दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । सिटिहल संचालननका लागि नगरपालिकाले चासो नदिदा अहिलेको अवस्था सृजना भएको हो ।

सिटी हल संचालनको लागि कार्यदलले सुझाउ दिएपनि त्यसको फिनिसिंगका लागि झण्डै दुई करोड लाग्ने तर पालिकासँग बजेट नभएकाले संचालनमा कठिनाइ भएको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.