परोपकार प्रसूति अस्पतालबाट नवजात शिशु हरायो,प्रहरीकोमा चोरीको उजुरी

काठमाडौँ, ११ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्र्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै मौखिकरुपमा प्रहरीकहाँ खबर गर्नुभएको छ, यस विषयमा अनुसन्धान भइरहेको छ ।” नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले सिसि टिभि फुटेज हेरेर अनुसन्धान अघि बढाएको छ ।

सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । उनले पहेँलो ब्याग बोकेकी छन् । उनको खोजि र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.