बागमती प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै

मकवानपुर- बागमती प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
आज दिउँसो दुई बजेका लागि सभामुखबाट सर्वदलीय बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
उहाँले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, बजेट कार्यान्वयनका विषयमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र आगामी प्रदेशसभाको कार्यसूचीको बिषयमा पनि छलफल हुनसक्ने बताउनुभयो । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भने फागुन १५ गतेबाट सुरु हुने भएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागी आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले जारी गरेको सूचनामा यहि फागुन १५ गते मंगलबार दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने उल्लेख गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्