मुख्यमन्त्री हात्ति प्रभावित क्षेत्रको पैदल यात्रामा

सुनसरी- जल, जङ्गल, जमिन, जनजाति र आम नागरिकलाइ जोडेर नयाँ योजना बनाउनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्किले बताउनुभएको छ ।
फागुन ९ गतेबाट हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्न निस्कनुभएका मुख्यमन्त्री कार्कीले यात्राका क्रममा सुनसरीको रामधुनी जङ्गल क्षेत्रमा पुग्नुहुँदा सञ्चारकर्मीहरुलाई सो कुरा बताउनु भएको हो ।
यात्राका क्रममा हात्ति प्रभावित क्षेत्रका मासिनसहरुको समस्या बुझ्न र यसको समाधानको वाटो समेत पहिल्याउन यात्रा सुरु गरेको बताउनुभयो । यस क्षेत्रमा हात्तिको प्रभाव मात्र नभएर चुरे क्षेत्रमा भुमिगत जलको समेत समस्या देखापरेको मख्यमन्त्री कार्किले बताउनु भयो ।
पैदल यात्राका क्रममा देखा परेका समस्याको दीर्घकालिन समाधानको नीति प्रदेश सरकारले बनाउन लागेको समेत मुख्यमन्त्री कार्किले बताउनुभयो । झापाको मेचीनगरस्थित बाहुनडाँगीबाट सुरु भएको पैदलयात्रा २ सय ४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते समापन गर्ने कार्यक्रम छ ।
पदयात्राले तय गरेको उक्त क्षेत्र हात्तीको परम्परागत बाटो मानिन्छ । दैनिक झण्डै ५० किलोमिटर दुरी पार गरिरहेको मुख्यमन्त्रीको टोलीलाई बाटोमा पर्ने स्थानीय तहका जनप्रतिनिधि र वन समितिका पदाधिकारीहरुले साथ दिने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्