संसद भवन भित्र छिरेर लघुवित्त पिडीतले गरे नाराबाजी
काठमाडौँ- आन्दोलनरत लघुवित्त पिडीतहरुले संसद भवन नयाँबानेश्वर परिसरमा भित्रै पुगेर नाराबाजी गरेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका पिडितहरु निषेधित क्षेत्र तोडेर आज संसद भवन परिसरमा पुगेका हुन ।
निशेधित क्षेत्र तोडेर संसद भवन पुगेका उनिहरु बैठक चलिरहेको अवस्थामा संसद भवन भित्रै छिर्न खोजेका थिए । उनिहरुलाई नियन्त्रण लिन प्रहरीका साथै संसदका मर्यादापालक समेत खटिनु परेको थियो ।
प्रहरी नियन्त्रणमा रहेको वेला उनिहरुले संसद भवन परिसरमा सुतेर केहीबेर आफ्ना मागहरु तत्काल संवोधन गर्नपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
भिडियो
प्रतिक्रिया राख्नुहोस्