संसद भवन भित्र छिरेर लघुवित्त पिडीतले गरे नाराबाजी

काठमाडौँ- आन्दोलनरत लघुवित्त पिडीतहरुले  संसद भवन नयाँबानेश्वर परिसरमा भित्रै पुगेर नाराबाजी गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका पिडितहरु निषेधित क्षेत्र तोडेर आज संसद भवन परिसरमा पुगेका हुन ।

निशेधित क्षेत्र तोडेर संसद भवन पुगेका उनिहरु बैठक चलिरहेको अवस्थामा संसद भवन भित्रै छिर्न खोजेका थिए । उनिहरुलाई नियन्त्रण लिन प्रहरीका साथै संसदका मर्यादापालक समेत खटिनु परेको थियो ।

प्रहरी नियन्त्रणमा रहेको वेला उनिहरुले संसद भवन परिसरमा सुतेर केहीबेर आफ्ना मागहरु तत्काल संवोधन गर्नपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

 

भिडियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.