आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेश (पूर्ण पाठ)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटको प्राथमिकता र सिद्धान्त छलफलका लागि संघीय संसदका दुबै सदनमा पेश गर्नु भएको  छ।

सरकारले आगामी आर्थिक वर्षमा कुन-कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको सो प्रस्तावमा उल्लेख गर्नु भएको छ ।

छलफलका लागि पशे भएको प्रस्तावमा जलविद्युतको विकास, पर्यटन, सुचना प्रविधिको विकास र कृषिको आधुकिकरण र व्यवसायिकरण गरी नीजि क्षेत्रलाइ प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल फागुनमा नै गर्ने र सांसदहरूले राखेका विषय समेट्ने प्रतिबद्धता जनाए अनुसार आज छलफलका लागि प्रस्ताव पेश गरिएको हो ।

बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा संसद्मा छलफल हुने र तिनमा सांसदहरूले पेश गरेको सुझाउलाइ पनि समेटेर बजेट निर्माण गर्ने सरकारको तयारी छ ।

संसद्मा पेस भएको बजेटका प्रस्तावित प्राथमिकता र सिद्धान्तमा फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

बजेटको प्राथमिकता र सिद्धान्तको पूर्ण पाठ  

प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० र चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेले जानकारी दिनु भयो ।

त्यस अघि आजको बैठकमा देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका बिषयका फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाइ निर्देशन दिनु भएको छ ।

संसदमा उठेका बिषयमा सरकारले वास्ता नगरेको भन्दै सांसदहरुले वैठक अवरुद्ध गरेपछि तिनै विषयमा सभामुखले पुनः सरकारलाइ रुलिङ गर्नु भएको हो ।

आजको बैठकमा सांसदहरुले ३ मन्त्रीहरुको राजिनामा, मिटरब्याज र लघुवित्त पिडित र किसानले दुधको मुल्य नपाएको बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १८ गते शुक्रवार विहान ११ बजे बस्नेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.