न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छ: प्रधानन्यायधिश श्रेष्ठ

प्रधानन्यायधिश श्रेष्ठले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले जिल्ला अदालतहरुमा पनि मुद्धाको पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागु गरिने उल्लेख गर्नुभयो । मुद्धाको अनलाइन रजिष्ट्रेशन कार्य अन्तिम चरणमा रहेको समेत उहाँले बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले आमनागरिकहरुको अपेक्षा प्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गर्नुभयो ।
प्रधानन्यायधिश श्रेष्ठले नवनिर्मित सुविधा सम्पन्न भवनबाट सम्पादन हुने काम कारवाहीमा थप प्रभावकारीत आउने समेत विश्वास व्यक्त गर्नुभयो । नवसिर्जनशिल÷स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै उक्त अवसरमा निर्माण कम्पनी श्री कविन्द्र नवसिर्जनशिल स्टेट जेभि सिनामंगललाई सम्मान समेत गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्