राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दावी रहन्छ,सहमति भएको थाहा छैन : जनार्दन शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष माओवादीबाटै हुने बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले राष्ट्रियसभामा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीको दावी रहने र आफ्नै दललले राष्ट्रियसभा अध्यक्ष पाउने बताउनु भएको हो ।
‘सबैभन्दा ठूलो दल हाम्रो हो, उसले दाबी नगरेर अरु कसले गर्छ ? व्यक्तिगत रुपमा कांग्रेसलाई दिने भन्ने कुरा कसले कहाँ गर्यो, हामीलाई थाहा छैन । संस्थागत रुपमा कुनै सहमति भएको छैन । सत्ता आलोपालोका होला त्यती वेला तहामी संसदमा नि हुँदैनौ सरकारमा पनि हुँदैनौ ।’ शर्मा भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्