बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा

काठमाडौँ- सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ ।
मन्त्रिपरिषद्को आज बसको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ती बहादुर बस्नेतलाई जिम्मा दिएको हो ।समितिले प्रतिवेदनको अध्ययन गरि कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने छ ।
मन्त्री परिषद बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै सुन तस्करी सम्बन्धि जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको सरकारका प्रवक्ता मन्त्री शर्माले जानकारी दिनुभयो । त्यस्तै गरी जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
भरतपुर महानगरकी मेयर रेनु दाहाललाई बेलायती सरकारले प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड प्राप्तीको लागी स्वीकृती दिने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। ।






प्रतिक्रिया राख्नुहोस्