प्राचीन कुवा मासिंदै, संरक्षणमा जुटन थाले स्थानीय

नवलपुर- जिल्लाको पहाडी क्षेत्रमा सयौं बर्ष अगाडी बनेका प्राचीन कुवाहरु बिस्तारै लोप हुन थालेपछि यसको संरक्षणमा स्थानीयबासी जुटेका छन् ।

जिल्लाको पहाडी गाउँपालिकामा जताततै रहेका प्राचीन कुवाहरु अहिले कति त हराईसके भने कति लोप हुने अवस्थामा रहेका छन् । कतिपयको स्थानीयले संरक्षण शुरु गरेका छन् ।

डाडाँझेरी रामकोटका स्थानीय गुन्ज बहादुर आले मगरले भन्नुभयो- ‘रामकोटमा रहेको प्राचीन कुवा सय वर्ष भन्दा पुरानो रहेको र पहिले जस्तो अहिले नभएको र बिस्तारै लोप हुन थालेपछि स्थानीय रुपमा संरक्षणमा जुटेका छौं ।’

पहिले पहिले खानेपानीको अवस्था नाजुक हुँदा कुवाको पानी खान बाध्य हुनुपर्थ्यो तर अहिले जताततै धारा बनेपछि प्राचिन कुवा लोप हुने खतरा बढदै् गएको आलेले बताउनुभयो ।

प्राचीनकालमा यस्ता कुवाहरु ऋषिमुनि, देव देवताहरुले प्रयोग गरेको जनविश्वास छ । उनीहरुले यस्ता कुवामा स्नान गर्ने, पानी खाने र सबै नित्य कामका लागि समेत कुवाको प्रयोग गर्ने गरेको बिश्वास गरिन्छ, त्यसैले पनि यसको संरक्षण गर्न जरुरी रहेको बुलिङटारका प्रेमबहादुर थापा मगरको भनाइ छ ।

पहाडी क्षेत्रमा जताततै भेटिने प्राचीन कुवाको संरक्षणमा स्थानीयबासी सँगसँगै स्थानीय निकायले समेत रकम बिनियोजन गरेर यसको संरक्षणमा लागेका थुप्रै उदाहरण समेत भेटिन्छन् । स्थानीय डाडाँझेरीका प्रेमसिँह लुँगेली मगरले भन्नुभयो- ‘प्राचीन कुवा लोप हुन दिनुहुदैंन यसको संरक्षणमा सबैले ध्यान दिनुपर्दछ ।’

अहिलेको अवस्थामा प्राचीन कुवाहरुमा पानी सुक्दै जान थालेको र त्यसको संरक्षणमा स्थानीय चनाखो हुनुपर्ने डाडाँझेरीका टिकाराम मगर बताउनुहुन्छ- ‘पहिले पहिले यस्ता कुवामा पानी राम्रो जम्मा हुन्थ्यो तर अहिलेका दिनमा कुवामा पानी सुक्न थालेको र यसको संरक्षणमा नलाग्ने हो भने प्राचीन कुवाहरु लोप हुँदै जान सक्छन् ।’

प्राचीन कुवाहरुको बिशेष महत्त्व रहेको र यस्ता कुवाहरु देवी देवताको बास गर्ने स्थान भएकाले पनि यसको संरक्षण आवश्यक रहेको कोटथरका समाजसेवी चेसराम आले मगरको भनाइ छ ।

जिल्लाको पहाडी गाउँपालिका बुलिङटार र बौँदीकालीमा झण्डै एक सय बढी प्राचीन कुवामध्ये आधा त हराईसके बाँकी बचेका पनि समयमै संरक्षण हुन नसके ती पनि हराउँदै जाने स्थानीय आलेमगर बताउनुहुन्छ ।

कुवामा पानी रहँदा बर्षा समयमा हुने र जोखिम पनि कम हुने खेती किसानलाई फाईदा पुग्ने भएकाले पनि कुवाको संरक्षणमा लाग्नु पर्नेमा स्थानीयको चासो समेत बढेको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आले मगरले बताउनुभयो । वडाले अहिले प्राचीन कुवाको संरक्षणमा सहयोग गर्न थालेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.