उज्बेकिस्तानमा कफ सिरप प्रकरणमा संलग्न २३ जनालाई २० वर्षको जेल सजाय

काठमाडौं- ६८ जना बालबालिकाको मृत्यु हुने गरी भएको दुषित कफ सिरप प्रकरणमा उज्बेकिस्तानको एक अदालतले २३ जनालाई जेल सजाय सुनाएको छ ।

उनीहरुलाई कर छली, नक्कली औषधि बिक्री, लापरवाही, किर्ते र घुसखोरीको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनीहरुलाई दुई देखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई २० वर्षको जेल सुनाइएको छ । सजाय पाउनेहरुमा सो औषधिलाई इजाजतपत्र दिने जिम्मेवार अधिकारीहरू पनि रहेका छन् ।

दुषित सिरप भारतको मेरियन बायोटेकले उत्पादन गरेको थियो र उजबेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले एक वर्ष अघि मेरियन बायोटेकले उत्पादन गरेको कफ सिरप गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्न भनेको थियो । उज्वेकिस्तानमा सो सिरप खाएका १८ बालबालिकाको मृत्यु भएपछि नै डब्ल्यूएचओले सचेत गराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.