पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छनबीच भेट

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.