६ सय २० किलो लागु औषध गाँजा बरामद

धादिङ – पृथ्वी राजमार्ग हुँदै मुग्लिनतर्फ जाँदै गरेको एक मालवाहक ट्रकबाट धादिङ प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
आज बिहान अन्दाजी ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिकास्थित वडा नम्वर –२ विहानी प्ट्रोल पम्प नजिकैबाट सो लागु औषध बरामद गरेको हो ।
मधेश प्रदेश ०३–००१ख८३०९ नम्वरको मालवहाक मिनी ट्रक मुग्लिनतर्फ जाँदै गरेको ट्रक सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिई जाँच गरेकाेमा साे परिणामकाे लागु औषध गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दि नगरपालिका वडा नम्वर ७ निवासी ३० वर्षीय सन्तोषकुमार शाह रहेका छन् ।
प्लाष्टिकको प्याकमा ठोरीले बाँधेर सो लागु औषध लोड गराएको अवस्थामा भेटिएको हो । बरामद लागु औषधी भारततर्फ विक्रिका लागी लग्दै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
चालकलाइ लागु औषध नियन्त्रण ऐन २०३३ को परिछेद ३ दफा १४ को उपदफा १को देहाय घको ५ बमाेजिम जरिवाना र कानुनी कारवाही अगाडि बढाईने प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्