प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सुनसरीको कोशी गाउँपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‍मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको आरोप पत्रमा उल्लेख छ ।

पत्रमा यादवसहित भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादवलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध कैद तथा बिगो माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.