धरानमा विमानस्थल बनाउन सम्भव छैन: प्राधिकरण

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनुरीको धरानमा विमानस्थल बनाउन सम्भव नरहेको स्पष्ट पारेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको क्यानले जनाकारी गराएको छ ।
‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने र उक्त स्थानमा विमास्थल बनाउन फिजवल समेत नरहेको प्राधिकरणको निश्कर्ष रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्